Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – आईसीसी टि-२० विश्वकप क्रिकेट एसिया फाइनलमा सिंगापुरले मलेसियालाई पराजित गरेसँगै नेपाललाई दोस्रो चरण प्रवेशका लागि सहज हुने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यो जितसँगै सिंगापुरले ३ खेलबाट ५ अंक जोडेको छ भने उसले अब नेपालसँगको एक खेल मात्रै बाँकी छ । घरेलु टोलीसँग पराजित भएसँगै मलेसिया विश्वकप छनोटबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा पराजित भएको कतार पनि छनोटबाट बाहिरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेलेका २ खेलमा एक खेलमा जीत्दै २ अंक जोडेको छ । अब नेपालले घरेलु टोली सिंगापुर र कुवेतसँग खेल्न बाँकी छ । ३ खेलबाट ३ अंक जोड्न सफल कुवेतसँग नेपाली टोलीले शनिबार प्रतिस्पर्धा गर्दैछ भने छनोटको अन्तिम खेल सिंगापुरसँग आइतबार खेल्नेछ ।

यस्तै, २ टोली प्रतियोगिताबाट बाहिरि रहँदा नेपालले भने बाँकी दुई खेल जीत्नै पर्ने देखिएको छ । २ अंकमात्रै रहेको नेपालले शनिबार कुवेतलाई पराजित गर्न सके ४ अंक जोड्ने छ भने सिंगापुरले ३ खेलबाट ५ अंक जोडिसकेको छ । त्यसैले नेपालले सि‌गापुरलाई उसकै घरेलु मैदानमा स्तब्ध पार्दै आफ्नो ग्लोबल क्वालिफायरको यात्रा तय गर्नु पर्नेछ ।

सिंगापुरमा यतिबेला मौसमी पानी परिरहेकाले मौसम बाधक बन्ने खतराका बीच २ खेलमध्ये एक खेल बर्षाले प्रभावित पारे पनि अर्को खेलमा जीत हात पार्न सके नेपाल रन रेटका आधारमा ग्लोबल क्वालिफायर पुग्नसक्छ ।

यसअघि नेपाल र मलेसियाबीचको खेल बर्षाका कारण ९ ओभरमा घटाइएको थियो । मौसमले असर नगरेर दुवै खेल्न पाए नेपालले दुवै खेल जीत्नै पर्ने हुन्छ । दुवै खेल जीत्न सके नेपालको स्वतः ६ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

तपाईको प्रतिक्रिया