Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपाल टेलिकमले टेलिफोन तथा पोस्टपेड मोबाइल सेवन पहिलेको भन्दा सस्तोमा उपलब्ध गराउने भएको छ ।

आर्थिक विधेयक २०७६ को दफा १४(१) व्यवस्था भएबमोजिम  टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कबापत ५ सय रुपैयाँ मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले टेलिफोन र पोस्टपेड मोबाइलको भाउ घटाएको हो ।

जसअनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोस्टपेड मोबाइल लिन सकिने छ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोस्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै त्यो विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया