Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – पिएसजीमा अनुबन्ध भएको दुई वर्षपछि नेमारले आफूले बार्सिलोना फर्कन चाहेको अभिव्यक्ति दिन थालेका छन् । बार्सा पनि नेमारलाई ल्याउन इच्छुक छ। तर बार्साले नेमारसँग तीन सर्त राखेकाे छ। सर्त मानेको खण्डमा मात्र आफूले नेमारलाई क्लबमा पुनः अनुबन्ध गर्ने बार्साको भनाइ रहेको छ ।

बार्साको सर्त 
१. हाल पिएसजीमा पाइरहेको तलबभन्दा कम तलबमा बार्सा आउनु पर्ने ।

२. बार्सामाथि बोनस रकम नदिएको भनेर लगाएको मुद्धा अदालतबाट फिर्ता लिनुपर्ने ।

३. लिग वान छाड्न चाहेको अभिव्यक्ति सार्वजनिक रुपमा राख्नुपर्ने ।

सन् २०१७ मा बार्सिलोनमा जमिरहेका नेमारले अप्रत्याशित रुपमा बार्सा छाडेका थिए । त्यसबेला २२२ मिलियन युरोमा पिएसजी पुगेका नेमार हालसम्मकै महंगा खेलाडी हुन् । तर पिएसजीमा उनले उल्लेखनीय प्रदर्शन गर्न सकिरहेका छैनन् । उनी प्राय घाइते भइरहने भएकाले खेलमा पूर्ण रुपमा उपस्थित हुन सकिरहेका छैनन् ।

साथै अर्का स्टार खेलाडी एमबाप्पेसँग उनको आन्तरिक प्रतिस्पर्धा पनि बढ्दै गएको छ । मेस्सीको छायाँबाट बच्न पिएसजी पुगेका नेमार हाल युवा स्टार एमबाप्पेसँग पनि प्रतिस्पर्धामा छन् । हालै नेमारले पिएसजी छाडेर आफूलाई घर फर्कन मन लागेको बताएका थिए ।

तपाईको प्रतिक्रिया