Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – आगामी २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानडामा हुने ग्लोबल टी-२० क्रिकेट लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई मुख्य बलर छानिएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन् ।

सन्दीप टोरन्टो नेसन्समा ६० हजार र सोमपाल विनिपेग हक्समा ३ हजार अमेरिकी डलरमा आबद्ध भएका हुन् । दोस्रो पटक ग्लोबल टी-२० लिग खेल्न लागेका सन्दीपले गत सिजन विश्वभरका ९ वटा फ्रेन्चाइज लिग खेलेका थिए । सोमपाल भने विदेशी टी-२० लिगमा पहिलो पटक आबद्ध हुन सफल भएका हुन् ।

दुवै खेलाडीले लिगको सुरुवाती खेलहरु भने गुमाउने छन् । टी-२० लिग सुरु हुने समय नेपालले टी-२० विश्वकप एसिया छनोट प्रतियोगिता खेल्दैछ । टी-२० छनोट २८ जुलाईसम्म सिंगापुरमा हुनेछ । त्यसैले टी-२० छनोट सकिए लगत्तै दुवै खेलाडी सिंगापुरबाट क्यानडा उड्ने राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

पहिलो पटक विदेशी टी-२० लिगमा आबद्ध हुन पाएकोमा खुसी लागेको सोमपालले बताए । ‘आइपिएल लगायत विदेशी लिग हेरिरहेको थिएँ । ती लिग खेल्न सक्षम छु जस्तो लागेको थियो,’ ग्लोबल टी-२० लिगमा छनोट भएपछि सोमपालले भने, ‘तर यति छिटो पूरा होला भनेर सोचेको थिइन ।’ सोमपाल आबद्ध टिममा दक्षिण अफ्रिकाका जेपी डुमीनी, वेस्ट इन्डिजका ड्वायन ब्राभो, अस्ट्रेलियाका क्रिस लिन जस्ता अनुभवी खेलाडी छन् ।

ग्लोलब टी-२० मा दोस्रो पटक छनोट भएका सन्दीपले नेपालबाट २ खेलाडी छनोट हुन सफल भएकोमा खुसी व्यक्त गरे । ‘मेरो लागि भन्दा पनि सोमपाल दाइका लागि खुसी छु । नेपालबाट म लगायत अरु पनि खेलाडीले पनि विदेशी लिग खेलुन भन्ने मेरो चाहाना थियो,’ सन्दीपले भने,’मैले लिग खेलेर धैरैको मनस्थिति परिवर्तन गरेको थिए । सायद अझै धेरै परिवर्तन हुनेछ । एउटै खेलाडी लगातार खेलिरहेको थियो । अब अर्को थपियो । अरु खेलाडीका लागि पनि हामी अवसर सिर्जना गराउन कोसिस गर्छौं ।’

तपाईको प्रतिक्रिया