Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – सरकारले गुठी विधेयक फिर्ता लिएपनि माइतीघर मण्डलमा विशाल प्रदर्शन गरिएको छ । जनआन्दोलनको झल्को दिने गरी माइतीघर मण्डलमा भएकाे प्रदर्शनमा उपत्यकाका तीन जिल्लाका हजाराैं बासिन्दा सहभागी थिए ।१०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो । उक्त खबरदारी सभामा सहभागीहरू विभिन्न पहिरनमा थिए । उनीहरू आ-आफ्नो संस्कृति झल्किने झाँकी समेत प्रस्तुत गरेका थिए । कोही शंख फुकिरहेका थिए भने कोही नाचिरहेका थिए । सरकार र गुठी विधेयकविरुद्ध चर्का नाराबाजी पनि भएका थिए ।कतिपयले जनआन्दोलनपछि पहिलो पटक माइतीघर पुगेको बताए । उनीहरूको भनाइ थियो- ‘सरकारले हाम्रो संस्कृति मास्न लागेकाले आन्दोलनमा आएका हौं ।’ सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन् । उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले ‘फिर्ता हैन, खारेज नै हुनुपर्ने’ माग राखेका छन् ।सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन् । सरकारले जनतालाई भ्रम फैलाएको र उत्ततेजित गर्दै गुठी विधेयकविरुद्ध माहौल सिर्जना गरेको आरोप लगाएको थियो ।सरकारले आन्दोलनमा उत्रेका गुठियार र सम्पदा प्रेमीहरुलाई प्रयोग गरेको भाषा आपत्तिजनक र जनभावनाको विपरित भएको भन्दै पूर्व निर्धारित विरोधसभालाई खबरदारी सभामा परिणत गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया