Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – खेलमा क्रेज भएका हामी सबैका एक एक आइडियल खेलाडी हुन्छन् । उनीहरुको जीवनशैली र दैनिकी सबैको खोजीको विषय पनि बन्छ । यस्तो खोजीको विषय हो उनीहरुले कति कमाउँछन् । र के के मा खर्च गर्छन् ।

फुटबलसम्बन्धी अध्ययन तथा सर्वेक्षण गर्ने संस्था ‘सिआइइएस फुटबल अब्जरभेटरी’ ले अहिले चर्चामा रहेका खेलाडीको मूल्य कति भनेर सर्वेक्षण गरेको छ । यो संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार कसको ट्रान्सफर भ्यालु कति होला ? समकालीन फुटबलका सर्वाधिक मूल्यवान् खेलाडीको सूची सार्वजनिक गर्दा फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमाबाप्पेको नाम शीर्ष स्थानमा छ ।

उनी सर्वाधिक ‘ट्रान्सफर भ्यालु’भएका खेलाडी बनेका छन् । २० वर्षीय एमबाप्पे सर्वाधिक मार्केट भ्यालु भएका खेलाडीको सूचीको पहिलो नम्बरमा छन् । सन् २०१८ मा फ्रानसलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तथा भर्खरै सकिएको सिजनमा लिग वानबाट सिजनका उत्कृष्ट खेलाडी बनेका एमबाप्पेको कूल ट्रान्सफर भ्यालु २५२ मिलियन युरो छ ।

लिस्टको दोस्रोस्थानमा इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन मोहमद सालाह छन् । उनको मार्केट भ्यालु २१९ मिलियन युरो छ भने म्यानचेस्टर सिटीका रहिम स्टर्लिङको २०८ मिलियन छ । सन् २०१८ मा ‘फर्ब्स’ म्यागजिनको सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बार्सिलोनाका लिओनल मेस्सी भने यो सूचीमा चौथो स्थानमा छन् । उनको भ्यालु १६७ मिलियन युरो छ ।

पाँचौं नम्बरमा जर्मन क्बल बोरुसिया डर्टमुन्डका जोर्डन सान्चो छन् । उनको भ्यालु १५९ मिलियन युरो छ । त्यसैगरी, ब्राजिलका नेइमारको भ्यालु १२४ मिलियन छ । उनी सूचीको १७औं स्थानमा छन् । यता, इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको मार्केट भ्यालु ११८ मिलियन छ । उनी २०औं स्थानमा मात्रै छन् ।

तपाईको प्रतिक्रिया