Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – गल्कोट स्पोर्ट्स क्लव टोकियोले पाँचौ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको हालै समिक्षा गर्नुका साथै आय ब्यय सार्वजनिक गरेको छ ।

गत अप्रिल १७ तारिख टोडा स्पोर्ट्स सेन्टरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा जापानमा क्रियाशील बिभिन्न १० क्लब र संस्थाहरुको सहभागिता रहेको थियो । धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ भएको कार्यक्रमबाट संकलित रकम ४ लाख ५ हजार येन धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिने भएको छ । क्लवका अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षतामा बसेको सो समिक्षा बैठकले आगामी जुलाई १६ तारिख मंगलबार अधिवेशन गर्ने र सो अधिवेशनको तयारीका लागि बिभिन्न उपसमिति बनाएको छ ।

टोकियो ओमोरी स्थित सारंगी रेष्टुरेन्टमा भएको बैठक पश्चात गल्कोटबाट जापान भ्रमणमा रहनुभएका गल्कोटका पूर्व भलिबल खेलाडी एवं हालका चर्चित संगीतकार श्रीकृष्णबम मल्ल र गल्कोटमा रहेर लामो समयदेखि सामाजिक एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुराउँदै आउनुभएका प्राज्ञिक ब्यक्तित्व नन्दराज तिमिल्सिनालाई एक समारोहका बिच सम्मान गरिएको छ । अध्यक्ष बस्नेत र गल्कोट समाज जापानका संरक्षक नरबहादुर थापाले संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनोले उहाँहरु द्वयलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा क्लवका महासचिब लक्ष्मण कार्कीले आधा दशकको इतिहास बोकेको गल्कोट स्पोर्ट्स क्लब टोकियोले गल्कोटका प्रतिभावान युवाहरुलाई खेल र अन्य क्षेत्रमा अगाडि ल्याउनका लागि राम्रो प्लेटर्फम दिईरहेको र गल्कोटमा रहेर सामाजिक, साँस्कृतिक र आर्थिक समृद्धिमा योगदान पुर्‍याएका ब्यक्तित्वलाई सम्मान गर्न पाउनु गर्वको बिषय भएको धारणा राख्नुभएको थियो । कार्यक्रममा पर्यटन ब्यवसायी मेघ केसी, गल्कोट समाज जापानका संरक्षक नरबहादुर थापा, गल्कोट स्पोर्टस क्लवका संरक्षक गिरी शेरचन, गल्कोट समाज जापानका उपाध्यक्ष कालिका थापा, एनआरएनए जापानको सहकोषाध्यक्ष अनिल थापा, एनआरएनए कान्तोका संयोजक नबिन निउरे, क्लवका सल्लाहकार रामकृष्णबम मल्लका साथै स्पोर्ट्स क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लवका सचिब दुर्गाबहादुर खत्रीको सञ्चालन रहेको थियो ।***

तपाईको प्रतिक्रिया