Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि दाबेदार टोली त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।

मुलपानी मैदानमा शनिबार भएको खेलमा आर्मी ५० रनले पराजित भएको हो । पुलिसले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको आमीले ४२.३ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनमै समेटियो । प्रतियोगितामा आर्मीको यो पहिलो हार हो ।

यसअघि समूह बीमा रहेको आर्मीले लगातार तीन खेलमा जित हात पारेको थियो । आर्मी पराजित भएसँगै समूह बीको सेमिफाइनल यात्रा रोमाञ्चक बनेको छ । आर्मी र पुलिस समान ६ खेलसहित शीर्ष दुई स्थानमा छन् । आर्मीले सबै खेल खेलिसक्दा पुलिसले आइतबार प्रदेश २ सँग अन्तिम खेल खेल्दैछ । उक्त खेलपछि समूह बीबाट सेमिफाइनल पुग्ने शीर्ष दुई टोलीको टुंगो लाग्नेछ ।

आर्मीका हरिबहादुर चौहानले ३४, राजु रिजाल र रोहितकुमार पौडेलले १६-१६ रन जोडे । त्यसबाहेक जितेन्द्रसिंह मुखिया १२, सुशन भारी १०, विनोद भण्डारी ०, भीमसार्की १, राजेशपुलामी मगर ६, कुशल मल्ल र करण केसी १-१ रनमा पवेलियन फर्किए । पुलिसका ललितनारायण राजवंशीले ३ तथा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी समान २-२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । उसका कप्तान मन्जित श्रेष्ठले ३६, आरिफ सेखले ३४, दीपेन्द्रसिंह ऐरीले २९, दीलिप नाथले १४ र अनिलकुमार साहले १३ रन जोडे । आर्मीका सहाब आलमले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै ३० रन खर्चे । यस्तै करण केसीले २ तथा जितेन्द्र मुखिया, सुशन भारी र कुशल मल्लले १-१ विकेट लिए ।

तपाईको प्रतिक्रिया