Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – नेपाल कलेज अफ म्यानेजमेन्टका आयोजनामा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बज्रबारही कलेजका पारस देसार र महिलातर्फ मेगा कलेजकी काजोल विष्ट प्रथम भएका छन् ।

यस्तै, पुरुषतर्फ लिबर्टी कलेजका सन्तोष तामाङ र केप कलेजका सन्देश बुढाथोकी क्रमशः दोस्रो र तेस्रो बने । महिलातर्फ प्राइम कलेजकी जुनेली सुनार दोस्रो हुँदा तेस्रो स्थान ब्लुवर्ड कलेजकी रजिना दुलालले हात पारिन् । प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

१ दशलमव ७ किलोमिटर दूरीको म्याराथन बिहान काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट सुरु भई ललितपुरको धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा पुगेर समाप्त भएको थियो । पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्न म्याराथन आयोजना गरिएको म्याराथन संयोजक राजेश थापाले बताए ।

म्यानेजमेन्टले पर्यटन प्रवद्र्धनका लागि नेपाल कलेज अफ म्यानेजमेन्टले टुरिजम टक कार्यक्रम पनि गरेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउन लागेको अवसरमा पर्यटन प्रवर्धनका लागि टुरिजम टकको आयोजना गरिएको कार्यक्रमका संयोजक समिरजंग थापाले बताए ।

तपाईको प्रतिक्रिया