Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीकाे एपीएफले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । जितसँगै एपीएफले समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ४१ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो । ४४ रन बनाउँदा ६ विकेट गुमाएको गण्डकीका कुनै पनि खेलाडीबीच दरिलो साझेदारी हुन सकेन । उसका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए भने विपिन खत्रीले १७ तथा किशोर महतोले १५ रन बनाए । यस्तै आकाश थापाले १९ रन जोडे ।

बलिङमा एपीएफका भुवन कार्कीले तीन तथा यज्ञमान कुमाल, अमरसिंंह रौटेला र शरद भेषवाकरले दुई-दुई विकेट हात पारे । जवाफमा एपीएफले २३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे । उपाधिका दावेदार एपीएफको जितमा प्रदिप ऐरीले ३३ तथा आसिफ शेखले २० रन बनाए । यस्तै शंकर राना तीन रनमा आउट हुँदा कप्तान शरद भेषावकरले अविजित २६ रन बनाए । यस्तै सुमित महर्जनले नौ रन जोडे ।

जितसँगै एपीएफले तीन खेलमा ६ अंक बनाउँदै समूह ए बाट सेमिफाइनलमा पुगेको हो । उब उसले समूह विजेताका लागि अन्तिम खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया