Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – धुर्मुस सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन् । बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइएको बताइएको छ । उक्त रंगशाला कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका हुन ।

चितवनकाे रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि विवाद भएको थियो । केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ । चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए ।

सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए । स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए ।

घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परेका छन् । बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया