शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – राप्ती समाज जापानको आउँदो जुलाई ७ तारिख आईतवार हुने भनिएको दोस्रो अधिवेशन प्राविधिक कारणवश जुन ३० आइतवार सरेको छ ।

संस्थाका अध्यक्ष विशेश्वर रेग्मीका अनुसार जुलाई ७ मा तय गरिएको अधिवेशन प्राविधिक कारणले गर्दा अगाडि सार्नुपरेको बताईएको छ । जसअनुसार अधिबेशन जुनको ३० मा हुने जनाईएको छ । यसबाट पर्न गएको असुबिधाका लागि समाजले सम्बन्धित सबैप्रति क्षमायाचना पनि गरेको छ ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि तयारी अगाडि बढीरहेको र उक्त अधिवेशनमा जापानका विभिन्न क्षेत्रमा रहनुभएका समस्त राप्तीवासीहरुलाई उत्साहजनक उपस्थित भईदिन अधिवेशन आयोजक समितिका सदस्य तथा प्रचारप्रसार समितिका संयोजक प्रकाश ओलीले आह्वान गर्नुभएको छ ।

अधिवेशन हुने तिथि-मिति सम्बन्धि जानकारी
मिति : जुन ३० तारिख (आइतवार)
समय बिहान: ९:०० बजे
स्थानः टोकियो रोधी क्लव (शिन ओकुबो)
ठेगाना : Tokyo, Shinjuku-Ku, Okubo 1-10-15 (2F)

तपाईको प्रतिक्रिया