शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राटले उज्यालो निलो टाई लगाएका थिए । भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी थिए ।जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाउनु भएको थियो भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाएका थिए । राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो ।एएफपी

तपाईको प्रतिक्रिया