शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – आज शनिवार अपरान्ह जापानको राजधानी टोकियो आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई ५ दशमलव १ म्याग्नीच्युड स्केलको भूकम्प गएको छ ।

टोकियोको दक्षिणी भाग चिवा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाई अपरान्ह ३:२० बजेतिर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु भोलि आइतवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री आबे शिन्जो गल्फ खेल्ने योजना तय गरिएको आसपासमा पर्दछ ।

जापान मौसम-विज्ञान विभागका अनुसार भूकम्पका कारण कुनै मानवीय क्षती नभए पनि नारिता विमानस्थलका उडानहरु भने केहीबेर प्रभावित भएको थियो ।

टोकियो वरपरका क्षेत्रमा भूकम्पले निकैबेर हल्लाएको थियो । कुनै मानवीय क्षती भने नभएको विभागले जनाएको छ । भूकम्पका कारण सुनामीको कुनै खतरा नरहेको पनि विभागले जनाएको छ ।***

तपाईको प्रतिक्रिया