शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – विश्वकै शक्तिराष्ट्र मानिने अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पको आजदेखि जापानको चार दिवसीय राजकीय भ्रमण हुँदै छ ।
नयाँ सम्राट नारुहितोको राज्यारोहणपछि जापान आउने ट्रम्प पहिलो विदेशी पाहुना हुने भएका छन् ।

जापानी सम्राट नारुहितो र साम्राज्ञी मासाकोद्वारा राजदरबारमा सोमबार साँझ आयोजना हुने राजकीय भोजमा राष्ट्रपती ट्रम्प उनकी धर्मपत्नी अर्थात फष्टलेडी मेलानिया सरिक हुने छन् । त्यसअघि उनी आइतवार जापानी प्रधानमन्त्री आबे शिन्जोसंगै गल्फ खेल्ने र सुमो हेर्ने कार्यक्रम छ भने त्यसपछि सोही सांझ जापानी प्रधानमन्त्रीद्वारा उनको स्वागतमा हुने रात्रीभोजमा सरिक हुने छन् ।

आजै अपरान्ह जापान आईपुगेका  राष्ट्रपती ट्रम्प र फष्टलेडी मेलानियालाई जापानी विदेशमन्त्री तारो कोनोले हानेदा विमास्थलमा स्वागत गरेका थिए ।

राष्ट्रपती ट्रम्पको ओसाकामा हुने जि-२० को सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री आबेको वासिङ्टन भ्रमणको एक महिनापछि ट्रम्पको जापान भ्रमण हुन लागेको हो ।

अमेरिकी राष्ट्रपती ट्रम्पको जापान भ्रमण हुने भएपछि धेरै पहिलेदेखि राजधानी टोकियो वरपरका क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको थियो । फोटो स्रोत : टोकियोस्थित अमेरिकी दूतावास  ***

तपाईको प्रतिक्रिया