शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

स्क्यानिङ् मेशिनद्वारा साइज मापन गरिने

टोकियो – वाकोल होल्डिङ्स कर्पोरेशनले शिबुया हाराजुकु क्षेत्र अन्तर्गत पर्ने ओमोतेसान्दोमा महिलाहरुका लागि भित्री वष्त्र (अण्डरवेयर) को सुविधायुक्त पसल खोल्ने भएको छ । उक्त पसलमा ग्राहकलाई आफ्नो लागि फिट हुने साइज मापनका लागि अत्याधुनिक थ्रि डी स्क्यानिङ मेशिन राखिने भएको छ । जसले गर्दा पसलका कर्मचारीले ग्राहकको शरीर नछोईकन सहि मापन लिन सकिने बताईएको छ ।
’थ्रि डी स्मार्ट एण्ड ट्राइ’ नाम दिईएको सो सेवा सहितको उक्त पसल यहि मे ३० तारिखबाट खुल्ला गरिने भएको छ । टोक्यु प्लाजाको चौथो तलामा रहने सो पसलमा सेवाग्राहीले मापन कक्षमा गएर आफ्नो शरीर स्क्यानिङ गरेपछि मेशिनले सहि साइज बताउने छ र सोही अनुसारको साइजमा ग्राहकले आफुलाई मन परेको डिजाइन र कलरको अण्डरवेयर किन्न सक्ने छन् । जापानटुडेले जनाएअनुसार किनमेल र घुमफिरका लागि विदेशी पर्यटक र युवायुवतीको अत्यधिक चाप रहने सो क्षेत्रमा खुल्न लागेको सो पसलले अपनाउन लागेको नयाँ प्रयोगले थप ग्राहक आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । ***

तपाईको प्रतिक्रिया