Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर-७२ जहाज थप गर्ने भएको छ ।

पछिल्लो समय बढी सिट क्षमताका जहाज थप गर्न आक्रमक भएको एयरलाइन्सले यही जहाज थप गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान थपको अनुमति लिइसकेको छ ।

एयरलाइन्ससँग हाल एटिआर ७२-५०० जहाज चार वटा रहेका छन् । ६ वटा जेटस्ट्रिम जहाज पनि भएको एयरलाइन्सले नयाँ जहाज थप्दा जेटस्ट्रिम विस्थापित गर्दै जाने नीति लिएको छ । अर्को जहाज ल्याएसँगै ७२ सिट क्षमताका जहाज एयरलाइन्ससँग पाँच पुग्ने छन् ।

काठमाडौंबाट तराई क्षेत्रका लामो धावनमार्ग भएका ठाउँमा उडान गर्न मिल्ने यो सिरिजका जहाजले पोखरा पनि उडान गरिरहेका छन् । यात्रुको चाप धेरै हुने ठाउँमा सानाको तुलनामा ठूला जहाजबाट व्यापार राम्रो भएपछि एयरलाइन्सहरु पछिल्लो समय ठूला जहाज थप गर्ने प्रतिस्पर्धामा रहेका छन् ।

पछिल्लो समय हवाई यात्रुको संख्या बढेको र सरकारले भ्रमणवर्ष मनाइरहँदा त्यसका लागि चाहिने हवाई पूर्वाधार तयार पार्न पनि जहाज थपिएको एयरलाइन्सले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया