शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महत जापान आइपुगेका छन् । विकसित राष्ट्रहरूको अन्तर्राष्ट्रिय मञ्च ‘जी-२०’ को बौद्धिक समूह बैठकलाई सम्बोधन गर्न डा. महत जापान आइपुगेका हुन् ।

राजधानी टोकियोमा आजदेखि ४ दिनसम्म (मे २४ देखि २७) सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा. महतले जी-२० लाई आवश्यक सुझाव दिनका लागि बनेको बौद्धिक समूह बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।जी-२० समूहले दिगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरूको समाधानका लागि आवश्यक सुझावहरू संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो । सहमहामन्त्री डा. महतले ती चुनौतीहरूको समाधानका पक्षमा विश्वव्यापी सुशासन लगायत विषयमा नेपालजस्तो अति कम विकसित राष्ट्रहरूका तर्फबाट धारणा राख्नेछन् ।

सो बैठकमा जी-२० समूहका सदस्य राष्ट्रका तर्फबाट विशेषज्ञहरूको सहभागिता हुनेछ । यसैबीच नेपाली जनसम्पर्क समिति जापानले सह-महामन्त्री डा. प्रकाशशरण महतलाई स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया