शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – जापानका विदेशमन्त्री तारो कोनोले जापानी नागरिकको नाम लेख्दा थर अगाडि लेख्न अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गरेका छन् ।

जापानी सञ्चारमाध्यमहरुले जनाएअनुसार उनले एशियन लिडरहरु चीनका राष्ट्रपति सि जिङ पिङ, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको उदाहरण दिदैं जापानी प्रधानमन्त्रीको नाम पनि शिन्जो आवे नभएर आवे शिन्जो लेखिनुपर्ने धारणा ब्यक्त गरे ।

मंगलवार एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने – ’विदेशी भाषी मिडियामा जापानीहरुको नाम लेख्दा नाम अगाडि र थर पछाडि लेखिने गरिएकोमा अब सच्याईनुपर्दछ ।’

मन्त्री तारोले जापानमा नयाँ युग रेइवाको सुरु भएको, अर्को महिना हुने जी-२० को शिखर सम्मेलन लगायतका थुप्रै अन्तर्राष्ट्रिय समारोह र अर्को वर्ष हुन लागेको टोकियो ओलम्पिक जस्ता ऐतिहासिक महत्व राख्ने ठूला कार्यक्रमहरुका कारण जापानीहरुको नाम लेख्ने शैलीमा अब सुधार गर्ने सहि समय आएको बताए । उनले आन्तरिक (डोमेस्टिक) मिडियाले पनि यसमा समन्वयकारी भूमिका खेल्नुपर्ने विचार ब्यक्त गरे ।***

तपाईको प्रतिक्रिया