शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको आउँदो जुलाई ७ तारिख आईतवार दोस्रो अधिवेशन हुने भएको छ ।  यहि मे १२ तारिख आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

जापानमा क्रियाशील अन्य संघसंस्था जस्तै यो संस्थाले पनि सामाजिक कार्यहरु गर्दै आएको छ । २०१३ मा गठन भएर यस संस्था सामाजिक काममा सँधै सक्रिय रुपमा अगाडि बढिरहेको बताउंदै जापानमा रहनुभएका राप्तीबासीबीच आपसी दुख-सुख, सरसहयोगको आदानप्रदान गर्ने, ’हाम्रो सँस्कृति, हाम्रो पहिचान’ भन्ने भावनाका साथ राप्ती अञ्चलका बिभिन्न चाडपर्व, सँस्कृतिलाई जापानमा पनि उजागर गर्ने सँस्कारको बिकास गर्ने, पर्यटन प्रबर्धनमा सहयोगी भूमिका खेल्ने, आफ्नो मातृभूमिको बिकासमा सानो भए पनि योगदान गर्ने उद्देश्य रहेको सो संस्थाका अध्यक्ष विशेश्वर रेग्मीले बताउनुभयो ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि तयारी अगाडि बढीरहेको र उक्त अधिवेशनमा जापानका विभिन्न क्षेत्रमा रहनुभएका समस्त राप्तीवासीहरुलाई उत्साहजनक उपस्थित भईदिन अधिवेशन आयोजक समितिका  सदस्य तथा प्रचारप्रसार समितिका संयोजक प्रकाश ओलीले आह्वान गर्नुभएको छ ।

अधिवेशन हुने तिथि-मिति सम्बन्धि जानकारी
मिति जुलाई ७ तारिख (आइतवार)
समय बिहान: ९:०० बजे
स्थानः टोकियो रोधी क्लव (शिन ओकुबो)
ठेगाना : Tokyo, Shinjuku-Ku, Okubo 1-10-15 (2F)

तपाईको प्रतिक्रिया