शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – केन्द्रिय भवन निर्माणमा सघाउने भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको जापान शाखाले यहि १९ तारिख आईतवार टोकियोमा विशेष साँगीतिक कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम शिन-ओकुबो स्थित टोकियो रोधीघरमा हुने बताईएको छ ।

कार्यक्रमको सबै तैयारी पुरा भएको सो संस्थाले जनाएको छ । जापानमै रहेका कलाकारहरुको मौलिक एवं लाइभ साँगीतिक प्रस्तुती रहने सो कार्यक्रममा उपस्थित भई अभियानलाई सहयोग गरिदिन जापानबासी नेपालीहरुमा शाखाका अध्यक्ष युवराज आचार्यले अपिल गरेका छन् । कार्यक्रम अपरान्ह ४ बजेदेखि हुने बताईएको छ ।
कार्यक्रमबाट संकलित रकम प्रतिष्ठानको राजधानीमा केन्द्रिय भवन निर्माणमा सहयोग गर्ने लक्ष रहेको अध्यक्ष आचार्यले समुद्रपारिलाई बताए । काठमाडौंमा आफ्नै भवन निर्माण गर्ने योजना अनुसार प्रतिष्ठान आर्थिक स्रोत जुटाउने अभियानमा लागिरहेको छ ।***

तपाईको प्रतिक्रिया