Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – चितवनको रामपुरमा निर्माण घोषणा गरिएको गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुट्ने क्रम बढ्दो छ ।

निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनले देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी सहयोग संकलन गरिरहेको छ । अधिकांशले विभिन्न अवसर पारी स्वस्फूर्तरूपमा सहयोग गर्ने गरेका छन् । यसैक्रममा नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले ७ लाख दिने घोषणा गरेको छ ।

कलेजका प्रिन्सिपल हरि भण्डारीले रंगशाला निर्माणका लागि कलेजका तर्फबाट ७ लाख रकम दिने घोषणा गरेका छन् । उनले पहिलो किस्तास्वरूप २ लाख ३३ हजार रकम फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरे । भण्डारीले कलेजमा विद्यार्थीहरूबाट पनि रकम संकलन गरी सहयोग गर्ने तयारी भइरहेको बताएका छन् ।

नेपालमै पहिलोपल्ट बन्न लागेको रंगशाला निर्माण सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले देशका लागि सम्झेर दिल खोलेर सकेको सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

यसैबीच प्याब्सन चितवनले पनि रंगशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । फाउण्डेसनका अध्यक्ष कट्टेलसँगको छलफलमा प्याव्सन अध्यक्ष टीकाराम चापागाईले प्याव्सनमा आवद्ध विद्यालय, शिक्षक, विद्यार्थी तथा कर्मचारीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

तपाईको प्रतिक्रिया