Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौँ – ठेगाना सर्भिसेजले ठेगाना पत्ता लगाउने भरपर्दो मोबाइल एप्लिकेसन सेवा ‘ठेगाना’ सार्वजनिक गरेको छ। यस एप्लिकेसनलाई इन्टरनेटबिना अफलाइन पनि चलाउन सकिनेछ।

हालै लन्च भएको यस एप एन्ड्रोइड तथा आइफोनमा निशुल्क डाउनलोड गर्न सकिन्छ।

जसका लागि हामीले एन्ड्रोइडमा गुगलको प्ले स्टोर तथा एप्पलका सामाग्रीमा एपस्टोरमा गएर अंग्रेजी शब्द THEGANA लेखी खोज्न सक्छौं।

ठेगाना एप यस्तो ठेगाना डिजिटल प्रणाली हो जसमा नेपालको सबै ठेगाना उपलब्ध छ।

डेलिभरी सेवा प्राप्त गर्न, आपतकालिन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्काे स्थानमा पुग्न सहज यस एपले डिजिटल सुविधा प्रदान गर्दछ।

ठेगाना हुलाकी सेवाको लागि मात्र उपयुक्त नभएर वित्तीय संस्थाहरुका लागि समेत लाभदायी छ। प्राकृतिक प्रकोपको बेला सजिलो र सरल माध्यमबाट राहत सेवा पुर्याउन पनि यस एपले मदत गर्नेछ।

ठेगानाको कोडमा ९ वटा अक्षर या नम्बरहरु दिइएका हुन्छन्। पहिलो ३ नम्बर या अक्षरले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ वटा नम्बर या अक्षरहरुले तोकिएको स्थान जनाउँछ।

ठेगाना सर्भिसेजले परम्परागत ठेगानालाई व्यवस्थित गर्न एप्लिकेसन बनाएको जनाएको छ। डिजिटल ढाँचामा रुपान्तरण भएको यस एपबाट उपभोक्ताले निकै फाइदा लिने बताइएको छ।

ठेगाना सेवाका प्रमुख कार्यकारी अधिकृत बिशाल के.सी भन्छन्,‘ हामीले स्मार्ट सिटीको चर्चा गर्न थालेको धेरै भइसक्यो। मेरो बिचारमा स्मार्ट सिटीको जग नै स्मार्ट ठेगानाबाट शुरु हुनुपर्छ।’

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया