Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

अबको केही दिनमा जापान नयाँ युगमा प्रवेश गर्ने भएको छ । हालका सम्राट आकिहितोले अप्रिल मसान्तका दिन एक विशेष समारोहका बीच स्वेच्छिक राजगद्दी त्याग गर्ने भएपछि राजकुमार नारुहितो मे १ तारिखदेखि जापानको नयाँ सम्राट बन्ने भएसंगै जापान नयाँ युगमा प्रवेश गर्ने भएको हो । नारुहितोको राज्यरोहणसंगै जापानमा ’रेइवा’ सम्वतको सुरुवात हुने भएकोले नयाँ युगमा प्रवेश हुने भनिएको हो । जापानको राजसंस्थाको इतिहासमा सम्राटले जीवनकालमै राजगद्दी उत्तराधिकारीलाई हस्तान्तरण गर्न लागिएको यो पहिलोचोटी हो । त्यसकारण पनि यस अवसरलाई जापानले उच्च महत्व र ऐतिहासिक अवसरका रुपमा लिएको छ ।

सोही अनुसार जापान सरकारले यी दूवै समारोहहरुको तयारी विशेषरुपले गरिरहेको बुझिएको छ भने समारोहका लागि विश्वका करीव १ सय ९७ राष्ट्रलाई निम्ता पठाईसकेको जानकारी बाहिर आईसकेको छ । अप्रिल ३० र मे १ का दिन जापानमा छुट्टाछुट्टै विशेष समारोहहरु हुँदैछन् । ती समारोहहरुका लागि विश्वका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुबाट हुने सहभागितालाई जापानले स्वागतका लागि व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छ । यस महत्वपूर्ण अवसरमा नेपालका तर्फबाट पनि उच्चतहको सहभागिताको अपेक्षा गरिएको छ । यद्यपि अन्तिम समयसम्म पनि यसबारे कुनै गुञ्जायस भने आउन सकेको देखिदैन ।

जापानी राजसंस्थाप्रति यहाँका जनताहरु उच्च सम्मान प्रकट गर्दछन् । जनवरी १ तारिख नयाँ वर्षका दिन र सम्राटको जन्मदिनमा हरेक वर्ष दरबारको बालकोनीबाट सर्बसाधारणलाई दिने दर्शन भेटका अवसरमा स्वतस्फुर्त उपस्थित हुने हजारौंका संख्याको उपस्थितिले यसको प्रमाणित गरिरहेको हुन्छ । संवैधानिक राजतन्त्र भएको मुलुक जापानमा राज्य सञ्चालन सम्बन्धि कार्यसम्पादनमा राजसंस्थाको कुनै भूमिका नभए पनि राष्ट्रहितका लागि राजसंस्थाले खेल्दै आएको भूमिकालाई जापानमा उच्च मूल्याङ्कन गरिदैं आईएको पाईन्छ ।

नयाँ सम्राटको राज्यरोहणको उल्लाससंगै जापानमा एकप्रकारको नयाँ तरंग सुरु हुने भएको छ । जापानको अर्थतन्त्रको सुदृढिकरणमा जोड दिदैं आएका प्रधानमन्त्री सिन्जो आवेको उपभोक्ता करलाई ८ प्रतिशतबाट १० प्रतिशत पुर्‍याउने पूर्वघोषित योजना कार्यान्वयनको चरणमा पुगेको देखिन्छ भने राजसंस्थाको उत्तराधिकारीको बहसले प्रवेश पाउने देखिन्छ । आसन्न आम निर्वाचन, संविधान संशोधन सम्बन्धि बिषय, छिमेकी राष्ट्रहरुसंगको सम्बन्धमा थप सुधार लगायतका बिषयहरु नयाँ युग सुरुवातसंगै प्राथमिकतामा पर्ने जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । लगत्तै सुरु हुने जापानको अर्को लामो विदा गोल्डेन वीकका कारण १० दिन लामो विदामा करीव साढे दुई करोड जापानीहरु आन्तरिक तथा बाह्य भ्रमणमा निस्कने भएका छन् । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था एवं निजी क्षेत्रका व्यवसायिक गतिविधि लगभग सबै बन्द हुने र प्रायजसो जापानीहरु घुमफिर र भ्रमणमा निस्कने भएकोले यसवर्षको लामो विदाले गर्दा जापानको आर्थिक क्षेत्र चलायमान एवं प्रभावित हुने जानाकारहरु बताउँछन् ।

यता नेपाली समुदायमा भने विगतका वर्षहरुको तुलनामा गोल्डेन वीकका अवसरमा खासै कार्यक्रमहरु आयोजित छैनन् । लामो विदा हुने नेपालीहरु पनि संभवतः घुमफिर गर्ने योजनामा देखिन्छन् । झण्डै सयको हाराहारीमा संघसंस्थाहरु रहेको भनिने जापानमा सप्ताहान्तका दिनहरुमा सँधै कार्यक्रमको लाइन हुने र अझ विशेष लामो विदाको अवसरमा त झन एकैदिनमा धेरै कार्यक्रमहरु जुध्ने गरेकोमा यसपटक भने खासै त्यस्तो देखिएको छैन । नयाँ युगको सुरुवातसंगै जापानमा रहेको नेपाली समुदायमा पनि थप जिम्मेवार बन्दै नयाँ नयाँ सकारात्मक सोच र पारस्परिक सद्भावको सञ्चार गर्न सकोस्, शुभकाना ।***

तपाईको प्रतिक्रिया