Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू-१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे । यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो ।

भागवतले ८३ बलको समना गर्दै नटआउट ४३ रन बनाउँदा अरु ब्याट्सम्यानले भने दोहोरो अंक समेत जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा निखिलकुमार सिंह एक्लैले चार विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया