Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६.८१ प्रतिशतले विस्तार भएको जानकारी दिएको छ । विभागले शुक्रबार चालु आर्थिक वर्षको वृद्धिदर सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

विभागका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सेवा क्षेत्र ( थोक तथा खुद्रा व्यापार, होटल, यातयात, संचार, रियल स्टेट, शिक्षा, स्वास्थ्य तथा निजि सेवा) को योगदान ५७.८१ प्रतिशत रहेको छ भने कृषि क्षेत्रको योगदान २६.९८ प्रतिशत रहेको छ । त्यस्तै कुल गार्हस्थ उत्पादनको २६.२४ प्रतिशत रेमिट्यान्सको योगदान रहेको विभागले जानकारी दिएको छ ।

विभागले चालू आर्थिक वर्षमा प्रति व्यक्ति आय भने १०३४ अमेरिकी डलर हुने अनुमान गरेको छ । गतवर्ष प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर थियो । विभागले गत आर्थिक वर्षमा ६.३ प्रतिशत र त्यसअघिको आर्थिक वर्षमा ७.७४ प्रतिशतको आर्थिक वृद्धि गरेको थियो। अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य निर्धारण गरेको थियो । पुँजीगत खर्च बढाउन नसक्दा र आयात मुखी अर्थतन्त्र भएकाले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल गर्न नसकिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया