Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – गत चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोपत्रे गर्ने काम जारी रहेको छ । विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्ने काम अहिले जारी रहको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धावनमार्गको कालोपत्र सामान्य रुपमा उप्कदासमेत हवाइजहाज उडान तथा अवतरणमा समस्या हुँदै आएको थियो । मुलुकको प्रतिष्ठासँग जोडिएको विमानस्थललाई समस्यारहित बनाउने लक्ष्यका साथ सरकारले पूर्णरुपमा मर्मत गर्न लागेको हो । चिनियाँ कम्पनीले रु चार अर्ब २७ करोड लागतमा विमानस्थलको धावनमार्ग मर्मतको जिम्मा पाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको कार्यतालिकाअनुसार आगामी चैत १८ गतेदेखि ९० दिनको समय सिमा तोकेर रातको समयमा अहिले धावनमार्गको स्तरोन्नतिको काम भैरहेको छ । गौचरण विमानस्थलको नामबाट विसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गरेको हो । विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले आफ्ना पिता त्रिभुवनको नामबाट विमानस्थलको नाम राख्न लगाएको बताइन्छ । गत जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो ।

ठेकेदार कम्पनीले करीब ९० दिनभित्र पूर्णरुपमा नयाँ कालोपत्र गरिसक्ने जनाएको छ । विमानस्थल मर्मतको काम असाध्यै जोखिमपूर्ण काम भएकाले दैनिक दश घण्टा मात्रै सञ्चालनमा ल्याएको छ । विशेषगरी रातको समयमा धावनमार्ग भत्काएर मर्मत गर्ने र विमान उडानका लागि योग्य बनाइनेछ ।

विमानस्थलमा हाल दैनिक १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित सरदर ४०० उडान हुने गरेको छ । विमानस्थलमा समस्या आउँदा लामो समय जहाज आकाशमा ‘होल्ड’ गर्नुपर्ने र इन्धनको नाश तथा यात्रुले समेत तनाव भोग्न परेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोपत्रे गर्ने काम यसरी हुदै छ :-

तस्वीर : रासस

तपाईको प्रतिक्रिया