Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – अबको दुई वर्षमा देशका अधिकांस भाग अप्टिकल फाइबरले जोडिने भएका छन् । हालसम्म सघन वस्ती र सिमति सहरी क्षेत्रमात्र जोडेको यो प्रविधिले आबको दुईवर्षभित्र करिबकरिब नेपालका सबै ठाउँलाई जोड्ने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसको मुख्य सारथी भनेको नेपाल टेलिकम हो । जसले प्रदेश १ देखि ३ सम्म २ हजार १७९ किलोमिटर क्षेत्रफलमा अप्टिल फाइबर विस्तार गरिसक्ने छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषको रकमबाट मध्य पहडी क्षेत्रसँग उत्तरदक्षिण करिडोरबाट नेपालभर अप्टिकल विस्तार गर्ने योजना ल्याएको छ । त्यसमा १ देखि ३ सम्मका प्रदेशमा नेपाल टेलिकमले जिम्म पाएको छ ।

४, ५ र ६, ७ गरी दुई प्याकेजका ठेक्का पनि प्राधिकरणले लगाएको छ । यसमा ४ र ५ मा ठेक्क पाएको युटिएलले काम नगरेपछि सरकारले ठेक्का तोड्न निर्देशन दिएको छ। ६ र ७ मा स्मार्ट वल्र्डंलिंकले काम गरिरहेको छ । नेपाल टेलिकमले जिम्मा पाएको क्षेत्रमा निकै ढिलागरीमात्र काम शुरु हुने भएको छ ।

टेलिकमले अप्टिकल विस्तारका लागि बल्ल ठेक्का सम्झौता गरेको छ । सम्झौता भएको २ वर्षभित्र काम सम्पन्न हुने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । यसको जिम्मा टेलिकमले चिनियाँ कम्पनीलाई दिएको छ ।

तपाईको प्रतिक्रिया