Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – नेपाल पुलिस आठौ राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पिएन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।

त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउदा ३ नं प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतिय स्थान हासिल गर्यो । बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिताको महिला ÷पुरुष कुमुते तथा कातामा गरी जम्मा ६८ पदकको टुङगो लागेको छ ।

बैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया