Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – हरेक वर्ष विश्वका दुई ठूला स्मार्टफोन निर्माता कम्पनी आइफोन र सामसुङबीच कडा प्रतिस्पर्धा हुने गरेको छ ।
यसमा एन्ड्रोइड र आइफोन प्रयोगकर्ताहरुले दुवै फोनका विशिष्ट फिचरहरु तुलना गरी कुन धेरै टिकाउ, सहज र राम्रो भन्नेमा विवाद गर्ने गरेको पाइएको छ । हरेक सेप्टेम्बरमा एप्पलले नयाँ मोडलका आइफोन लन्च गर्दै स्मार्ट फोनको दुनियाँमा नयाँ उपलब्धि हासिल गर्ने गर्दछ भने त्यसैको केही महिनामा सामसुङले पनि नयाँ ग्यालेक्सी सार्वजनिक गर्दै आइफोनलाई कडा जवाफ दिने गरेको छ । यसरी दुवै फोनका आ-आफ्ना विशेषता छन् र भिन्दा भिन्दै पक्षमा दुवैलाई उत्कृष्ट मानिन्छ ।

यस्तोमा सामसुङ र एप्पलको ब्याट्री सम्बन्धि विवादलाई भने अन्त्य गर्ने प्रयास गरिएको छ । ब्याट्री मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भएको हुँदा स्मार्ट फोनका प्रत्येक नयाँ मोडलसँगै ब्याट्री टिक्ने समय पनि बढ्दै गएको पाइएको छ । युट्युब च्यानल ‘फोनब्लफ’ ले एप्पलको नयाँ आइफोन एक्सएस म्याक्स र सामसुङ ग्यालेक्सी एस-टेन प्लसका ब्याट्री परीक्षण गरि नयाँ खुलासा गरेको हो ।
आइफोन एक्सएस म्याक्सको ब्याट्री ३ हजार १ सय ७४ एमएएच भएको बताइएको छ भने सामसुङ एस-टेन प्लसको ब्याट्री क्षमता ३ हजार १०० दाबी गरिएको छ ।
यसरी परीक्षणका क्रममा दुवै फोनलाई एकदिनभर चलाईएको हो जसका लागि हामीले दैनिक फोन चलाउने शैली अपनाईएको थियो ।

जस्तै कम्तिमा पनि १ घण्टा फोनमा कुरा गर्ने, म्यासेज गर्ने, इमेल तथा विभिन्न वेबसाइटहरु खोल्ने, गेम खेल्ने, गीत सुन्ने, एप चलाउने लगायत सबै काम दुवै फोनमा बराबर गरिएको थियो ।
यस्तोमा लगातार २४ घण्टा चलाएपछि आईफोन बन्द भएको हो भने एस-टेन प्लसको ब्याट्री चाहिँ २५ घण्टासम्म टिकेको छ । अर्थात सामसुङ आइफोन भन्दा एक घण्टा बढी समयसम्म अन रहन सफल भएको परीक्षणको निष्कर्ष छ । एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया