Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – सन् २०३३ सम्ममा नासाको मंगल ग्रहमा मानव अवतरण गराउने लक्ष्य सफल नहुने एक अमेरिकी प्रतिवेदनले जनाएको छ । प्रतिवेदनले नासाको योजना अनुसार मंगल ग्रहमा मानव अवतरण अभियान संभव नै नभएको जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नासाको मातहतमा रहेर साइन्स एन्ड टेक्नोलोजी पोलिसी इंस्चिट्युटले उक्त प्रतिवेदन तयार पारेको हो । गत मार्चमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सन् २०२४ सम्ममा अमेरिकाले चन्द्रमामा मानव अवतरण गराउनुपर्ने भन्दै नासालाई सो अनुसार योजना बनाउन आदेश दिएका थिए । चन्द्रमाको अभियानमा लाग्ने खर्च लगायतका कारण मंगल ग्रहमा मानव अवतरण गराउने अभियान ओझेलमा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बजेटसँगै, समयको अभाव र प्रविधिको विकासका कारण पनि नासाले सन् २०३३ सम्ममा मंगल ग्रहमा मानव अवतरण गराउन नसक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले सन् २०३७ भन्दा यता नासाले यस योजना पुरा गर्न नसक्ने बताएको छ । मंगल ग्रहमा अहिलेसम्म रोवोटिक यानमात्र पुगेका छन्। ती यानहरुले ग्रहको भूस्थिती, पर्यावरण लगायतका बारेमा अध्ययन गरेका थिए । नासाले गत वर्षकाे नाेभेम्बर महिनामा मात्र नयाँ राेवाेटिक यान इन्साइट ल्याण्डर मंगल ग्रहमा अवतरण गराएकाे थियाे । –एजेन्सी

तपाईको प्रतिक्रिया