Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – मोबाइलमा फोन गर्दा कुनै कारणवस फोन लागेन वा गर्न खोजिएको फोन व्यस्त भएमा उताबाट आउने आवाज अधिकांश जसो मोबाइल प्रयोगकर्तालाई कण्ठ भइसकेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल टेलिकमको मोबाइल वा एनसेल मोबाइलमा फोन गर्दा स्वीच अफ भए सम्पर्क हुन नसके आउने आवाज कसको होला ? तपाईंलाई यसबारे जानकारी छ ? नेपाल टेलिकमको (एनटिसी) मोबाइलमा फोन गर्दा आउने जानकारी ‘तपाईले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनः डायल गर्नुहोला ।’ भन्ने जाकारी दिने स्वर अनुपमा कर्माचार्यको हो । भने एनसेलमा सुनिने आवाज सुबानी मोक्तानको हो ।

नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि अनुपमा आफ्नो स्वर रेकर्ड गरेर पठाइन् । अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो । उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ । त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो । उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ ।

पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन् । अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन् । हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन् । भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन् ।

तपाईको प्रतिक्रिया