Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडाैं – भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिकटक हटाउन आग्रह गरेपछि गुगल प्ले स्टोरबाट टिकटक गायब भएको छ । अहिले गुगल प्ले स्टाेरमा टिकटक डाउनलाेड उपलब्ध छैन ।

सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउनेसम्बन्धी विषयमा मद्रास उच्च अदालतमा २२ अप्रिलमा हुने सुनुवाईपछि सर्वोच्चले फैसला गर्ने सोमबार बताएको थियो । यस क्रममा सुप्रिम कोर्टले एपको विषयमा मद्रास हाइकोर्टको फैसलामा ‘स्टे अर्डर’ दिन पनि अस्वीकार गरेको थियो । मद्रास उच्च अदालतले केन्द्र सरकारसँग चिनियाँ भिडियो एपमाथि प्रतिबन्ध लगाउन भनेको थियो ।

अदालतले युवाहरुको भविष्य र बच्चाहरुको दिमाग बिगारिरहेको भन्दै टिकटक प्रतिबन्ध लगाउन आदेश दिएकाे थियो । तर, सो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले सो आदेश खारेज गरेपछि भारत सरकारले गुगल र एप्पललाई एप्स हटाउन आग्रह गरेको थियाे । विश्वभरि सर्वाधिक संख्यामा डाउनलोड भएको टिकटकका भारतमा मात्रै करोडौँ प्रयोगकर्ता छन् । गत मार्चमा मात्रै आठ करोड ८६ लाख भारतीय प्रयोगकर्ताले यो एप डाउनलोड गरेका थिए ।

तपाईको प्रतिक्रिया