Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – चीनले विश्वकै पहिलो सामरिक ‘एम्फिबियस’ ड्रोन बनाएको छ । सेटेलाइटबाट कन्ट्रोल गर्न मिल्ने यस ड्रोनले जमिन, हावा र पानीमा मार हान्न सक्ने चीनको दाबी छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१२ मिटर लामो ड्रोनको अधिकतम अपरेसन रेन्ज १२०० किलोमिटर छ भने अधिकतम गति ९२.६ किलोमिटर प्रतिघन्टा छ । ग्लोबल टाइम्सको सोमबारको रिपोर्टअनुसार यो ड्रोन वुचांग सिपबिल्डिङ कम्पनीले तयार गरेर सेनालाई हस्तान्तरण गरेको हो । ड्रोनको नाम ‘मराइन लिजार्ड’ राखिएको छ ।

रिपोर्टअनुसार, मराइन लिजार्डमा चार ट्र्याक लगाइएको छ, जसको मद्दतले यो जमिनमा २० किलोमिटर प्रतिघन्टाको गतिले चल्न सक्छ । आवश्यक पर्दा ठूलो ट्र्याक लगाएर यसको गति अझै बढाउन सकिन्छ । मराइन लिजार्डको ‘पेलोड’मा एक इलेक्ट्रो-अप्टिकल सिस्टम र एक राडर सिस्टम लगाइएको छ । यसमा दुई मेसिन गन, एन्टी-सिप र एन्टी-एयरक्राफ्ट मिसाइलका लागि भर्टिकल लन्चिङ सिस्टम पनि लगाइएको छ । यो ड्रोन बाधाहरुलाई पन्छाउँदै स्वयं आफ्नो बाटो बनाउन सक्छ ।

सेना विशेषज्ञका अनुसार एम्फिबियस ड्रोनले जमिन र पानी दुवैमा उत्तिकै मार हान्न सक्छ । यो हवाई हमलाको जवाफ दिन पनि सक्षम छ । जमिनबाट समुद्रमा मार हान्नु जोखिमपूर्ण काम हो, तर मराइन लिजार्डको विशेष खुबी नै यसैमा छ । यसले दुस्मनको स्थिति पत्ता लगाएर उसमाथि हमला गर्न सक्छ ।

तटीय सैनिकका लागि यस्तो ड्रोनको विशेष महत्व हुन्छ । निर्माण कम्पनीका अनुसार यो आठ महिनासम्म निर्जन द्वीपमा निष्क्रिय बस्न सक्छ । मराइन लिजार्ड अन्य सैनिकसँग सम्पर्क गरेर उनीहरुको सहायता गर्न सक्छ । यसमा बाहिरी आक्रमणबाट हुने नोक्सानीको खतरा ज्यादै न्यून छ । कम्पनीका अनुसार, यो निर्यातका लागि पनि उपलब्ध छ ।

चिनियाँ रक्षा विभागको बजेट १७८ अर्ब अमेरिकी डलर छ । झन्डै २० लाख सैनिकसहित चीनसँग विश्वकै ठूलो सैन्यबल छ । पछिल्ला वर्ष चीनकाे ध्यान नयाँ-नयाँ हतियार बनाउनमा केन्द्रित छ ।

तपाईको प्रतिक्रिया