Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले काठमाडाैं उडान बन्द गरे लगत्तै काठमाडाैं-दिल्ली, काठमाडाैं-मुम्बइको रूटमा भाडादर दोब्बर वृद्धि भएको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको जेटले २०७५ चैत २९ देखि काठमाडाैं रूटमा हुने सबै उडान स्थगित गरेको छ । आन्तरिक व्यवस्थापनको कारण देखाउँदै जेटले मे ५ तारिखसम्मका लागि काठमाडौं उडान स्थगित गरेको पत्र त्रिभुवन विमानस्थल कार्यालयलाई पठाएको थियाे ।

यसअघि काठमाडाैं-दिल्ली रूटमा एकतर्फी भाडादर १२ देखि १५ हजार रुपैयाँ थियो । जेटको उडान बन्द भएपछि अहिले ३० देखि ३२ हजार रुपैयाँ पुगेको छ । जेटबाहेकका अन्य विमानले उडान भर्ने कोलकाता, बनारास, ब्याङ्लोर रूटमा भने भाडा वृद्धि भएको छैन । दिल्ली, ब्याङ्लोर र मुम्बइलाइ हब बनाएर उडान गर्ने जेटले काठमाडौंका लागि दैनिक ५ उडान गर्दै आएको थियो ।

पर्यटकीय सिजन सुरु भएसँगै भारतको नयाँ दिल्ली र मुम्बई उडानको भाडा बढेको हो । पर्यटकीय सिजन सुरु भएसँगै हवाई उडानमा कटौती हुँदा यात्रु महँगो भाडा तिर्न बाध्य भएकाे  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) का अध्यक्ष सीएन पाण्डेले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया