Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – चितवनको रत्ननगरमा आजदेखी मेयर कप अर्न्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले साउथन रेल्वे तलिमनाडु भारतलाई सोझो सेटमा पराजीत गर्दै विजयी सुरुवात गरेको छ ।

नेपाल आर्मीले २५–२०,२५–१४ र २५–१७ को सोझो सेटमा पराजीत गरेको प्रतियोगिता संयोजक बरुनबाबु घिमिरेले जानकारी दिए । चितवन जिल्लाकै सर्वाधिक पुरस्कार राशीको रहेको प्रतियोगितामा नेपाल आर्मी, तमिलनाडु संगै नेपाल प्रहरी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३ र आयोजक क्लवले लिकका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु ३ लाख र उपविजेताले रु १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको एक समारोहका बीच पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै खेलकुदलाई आर्थिक पाटोसँग जोड्नु पर्ने बताए । पूर्व अर्थमन्त्री पाण्डेले प्रतियोगिताले रत्ननगरलाई अर्न्तराष्ट्रिय स्तरमा चिनाउन मदत पुर्याउने विश्वास व्यक्त गरे ।

प्रदेश सांसद कृष्ण खनालले खेलकुदले सम्वन्ध बिस्तारमा सहयोग पुर्याउने बताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विकास निर्माण, शैक्षिक, खेलकुदको विकास गर्न स्वामित्व ग्रहण गर्न नगरपालिका तयार रहेको बताए । पर्यटकीय क्षेत्र सौराहा यही रहेको उल्लेख गर्दै मेयर वनले खेलको माध्यमबाट रत्ननगरलाई चिनाउन चाहेको बताए । पञ्चरत्न युवा क्लवका अध्यक्ष उमेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्वेष्ट मोडल कलेजका प्राचार्य जगदिशचन्द्र शर्मा,केशव पाठक लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया