Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ । पराजित भएसँगै नेपालकाे ओलम्पिक खेल्ने सपना सकिएको छ ।

यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ । शनिबार भएको खेलमा नेपालले पहिलो हाफ एक एक गोलको बराबरी खेले पनि थप दुई गोल दोस्रो हाफमा ब्यहोरेको थियो । छैटौं मिनेटमा असलत देशीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् ।

भारतले लिएको सो अग्रता एक मिनेटपनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् । ५८ औं मिनेटमा भारतले अग्रता २-१ मा पुर्याएको थियो । भारतका लागि ७९ औं मिनेटमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो ।

डी बक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३-१ को अवस्थामा पुर्‍याइन् । त्यसपछि थप गोल नभएपछि भारतले ३-१ गोल अन्तरको जित निकाल्न सफल भयो ।

तपाईको प्रतिक्रिया