Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडाैं – सरकारले अघिल्लो महिनामात्र सुरु गरेको जनताको जलविद्युत कार्यक्रममा २ वटा जलविद्युत आयोजना थपेको छ । १११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलव ५ मेगावाट उत्पादन क्षमतको सान्जेन जलविद्युत आयोजनालाई कार्यक्रममा समेटिएको उर्जा, जलश्रोत, तथा सिंचाई मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सबै सर्वसाधारणलाई जलविद्युतको विकासमा लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ फाल्गुण २ गते ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ नाराका साथ ‘जनताको जलविद्युत कार्यक्रम’ घोषणा गरिएको थियो । कार्यक्रम घोषणा गर्दा १९ वटा आयोजना मात्र राखिएको भएपनि उर्जामन्त्री अध्यक्ष रहेको जनताको जलविद्युत कार्यक्रम कार्यान्वयन निर्देशक समितिको बैठेकले साञ्जेन र रसुवागढीलाई पनि कार्यक्रममा राख्न निश्कर्ष निकालेको प्रवक्ता अर्यालको भनाई छ ।

रसुवा जिल्लामा निर्माण भईरहेको रसुवागडी जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवद्र्वकत्वमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । रसुवा जिल्लामा नै बनिरहेको साञ्जेन जलविद्युत आयोजना सान्जेन जलविद्युत कम्पनी लिमिटेडले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया