काठमाडाैं – आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ । बेलुकी आधा घण्टा चलेको हावाहुरीले बाराको पुरैनिया, भरबलिया लगायतका गाउँहरूमा वितण्डा मच्चाएको थियो । सोमवार बिहान उद्वार र राहत कार्य हुदै गर्दा गाउँहरू खण्डहरजस्ता देखिएका थिए ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
हावाहुरीका कारण खासगरी बाराका चैनपुर, भरवलिया, फेटा र पुरैनिया खण्डहरमा परिणत भएजस्तो देखिएको पीडितले बताएका छन् ।हावाहुरी र असिना रोकिएपछि उद्धार कार्यमा जुटेका सुरक्षाकर्मीको मानिसहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेको हाम्री संवाददाता माधुरी महतोले बताएकी छन् ।हावाहुरीका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी असर परेको बताइएको छ ।खासगरी फुसका घरहरूमा धेरै क्षति भएपछि त्यस्ता घर भएकाहरू घरवारविहीन हुन पुगेका छन् ।घाइतेको सङ्ख्या धेरै भएपछि अस्पतालमा सय्या अभावमा भुइँमै राखेर उपचार गरिँदैछ ।स्थानीयवासिन्दाका अनुसार हावाहुरी यति शक्तिशाली थियो कि त्यसले कच्ची मात्रै नभई पक्की घर पनि भत्काएको थियो ।हावाहुरीले घरभित्रका भाँडाकुँडा छताछुल्ल बनाएपछि खाना पकाएर खाने अवस्था नरहेको पीडितले बताएका छन् ।हावाहुरीका कारण ज्यान गुमाएका मानिसहरूलाई छिमेकीले सान्त्वना दिने गरेका छन् ।भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि पीडितहरूले भकारीमा भएका धान लगायतका अन्न छरिएको बताएका छन् ।