Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

 काठमाडाैं – प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले प्रतियोगिताको मिति टुंगो लगाएको हो ।

केहि खेल भने चैत अन्तिम सातामै आयोजना हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले जानकारी दिनुभयाे । मंसिरमा गर्नु पर्ने प्रतियोगिता पुस, माघ, फागुन हुँदै चैतसम्म सरेको थियो । चैतको दोस्रो सातामै गर्ने गरि तयारी गरिए पनि खेलाडीहरु एसइई परीक्षामा सहभागी हुनुपर्ने र नेपालगञ्ज रंगशालाको भीआइपी प्यारापिटको छतको सामान नआउँदा समयमै निर्माण नसकिदा हुन सकेन । गत सोमबार सामान आएपछि अहिले धमाधम काम भइरहेको छ ।

मध्यपश्चिम खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीका अनुसार प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्ज रङ्गशाला मैदान, सोही स्थानमा ६ हजार ५०० क्षमताको दर्शक प्यारापिट, नेपालगञ्जमै सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट र कपिलवस्तुमा कुस्तीका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा समावेश  ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुनेछन् । अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन् । नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुनेछ ।

बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला(पुरुष कबड्डी प्रतियोगिता हुनेछ । कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल गरिनेछ । रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिता हुने तय छ ।

तपाईको प्रतिक्रिया