Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – एएफसी तेइस वर्षमुनि (यु-२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् ।

कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ । यसअघि दुई-दुई खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन् । पराजयसँगै नेपालका लागि भने एएफसी यू-२३ च्याम्पियनसीप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १-० गोलअन्तरले पराजित भएको थियो भने आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल कतारसँग ५-० गोलअन्तरले पराजित भयो । यता अफगानिस्तान कतारसँग २-० को हार बेहोर्यो भने दोस्रो खेल ओमनसँग २-१ गोलले पराजित भयो । यू-२३ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तान दुवैले अहिलेसम्म छनोट चरण पार गर्न सकेका छैनन् । सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपका लागि छनोट चरणमा विभिन्न ११ समूह छन् । नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा कतार ओमन र अफगानिस्तान छन् ।

समूह ‘ए’ बाट कतार र ओमानबीच आज नै हुने खेलबाट अन्तिम चरणको टुङ्गो लाग्नेछ । जसमा विजेता टोलीले एएफसी यु-२३ च्याम्पियनसपमा सहभागिता जनाउनेछ । त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ । दुई खेल खेलेको कतारको ६ अङ्क छ भने समान खेल खेलेको ओमनको पनि समान ६ अङ्क नै छ । प्रत्येक समूहको विजेता टोली, उपविजेतामध्ये उत्कृष्ट चार टोली र आयोजक थाइल्याण्ड गरी १६ टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।

तपाईको प्रतिक्रिया