Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – विगत १० वर्षदेखि जापानमा हुँदै आईरहेको १२ वर्ष मुनिका किशोर खेलाडीहरुको फुटबल प्रतियोगितामा भाग लिन नेपाली खेलाडिहरु जापान आईपुगेका छन् ।

यहि मार्च २९ देखि तीन दिनसम्म हुने सो अन्तर्राष्ट्रिय जुनियर कोपा पुमा तोरेरोस फुटवल प्रतियोगितामा भाग लिन नेपाली खेलाडीहरु जापान आएका हुन् । १२ जना खेलाडीसहित १ प्रशिक्षक, १ म्यानेजर र १ संचारकर्मीसहित १५ जनाको टोली आजै टोकियो आईपुगेका हुन् । नेपालबाट आएका खेलाडीहरुमा सफल थापा (कास्की), विनय तामाङ (मकवानपुर), अलेक्स पौडेल (काठमाडौं), विश्वास ओझा (काठमाडौं), सरोज दर्लामी (रुपन्देही), बिबिर थापा (बागलुङ), बिशाल बि. क. (स्याङ्जा), बिज्ञ गौचन (म्याग्दी), समिर गौतम (अर्घाखांची), आर्यन गुरुङ (स्याङ्जा), सुबिन नेपाली (कास्की) र प्रकाश तामाङ (गोरखा) रहेका छन् भने प्रशिक्षक राजेन्द्र तामाङ, म्यानेजरकारुपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ र गोल नेपाल डट कमका पत्रकार विक्रम थापा पनि टोलीमा सम्मिलित छन् ।
विगतका वर्षहरुमा झै यस वर्ष पनि नेपाली जुनियर खेलाडीहरुलाई जापानमा सहभागिता गराउने ब्यवस्था एनपिओ नेपाल युथ सकर प्रोजेक्ट नामक गैर सरकारी संस्थाले गरेको हो ।

नेपालबाट आमिन्त्रत टोलीको स्वागतमा यहि मार्च २७ तारिख बुधबार साँझ टोकियो रोधीघरमा एक डिनरसहितको भेटघाट कार्यक्रम राखिएको छ ।

प्रतियोगिता शिजुओका केनको सुसोनो सिटी, शिमोवादा स्थित तोकिनो सुमिका स्पोर्टस् सेन्टरमा हुने बताईएको छ । प्रतियोगितामा नेपाल लगायत ब्राजिल, जर्मनी, दक्षिण कोरिया र जापानको जे लिगका ४० टिमको सहभागिता रहने बताईएको छ ।
सन् २०१६ देखि नेपालका खेलाडीहरुले उक्त प्रतियोगितामा लगातार भाग लिदैं आईरहेका छन् । नेपालले भाग लिन लागेको यो वर्षचौथो पटक हो ।

उक्त प्रतियोगितामा उत्साहजनक उपस्थिति जनाई खेलाडीहरुको हौसला बढाईदिन पूर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका फुटबल प्रशिक्षक तथा उक्त एनपिओका अध्यक्ष बसन्त गौचनले जापानबासी नेपालीहरुमा अपील गरेका छन् ।

नयाँ पुस्ताका खेलाडीहरुलाई प्रोत्साहित गरी नेपाली फुटवल खेलको बिकासमा टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्ष नेपालका किशोर खेलाडीहरुलाई जापान आमन्त्रण गरी प्रतियोगितामा सहभागी गराउँदै आएको गौचनले बताए । यस अभियानमा जापानबासी नेपाली संघसंस्था, ब्यवसायी, पत्रकार, विद्यार्थी तथा समस्त खेलप्रेमी नेपालीहरुबाट सक्दो सहयोग र समर्थनको अपेक्षा गरिएको उनले बताए ।
खेलाडिहरुको टोलीलाई एनपिओका अध्यक्ष गौचन र उपाध्यक्ष ओमप्रकाश तुलाचनले विमानस्थलमा स्वागत गरेका थिए । ***

तपाईको प्रतिक्रिया