काठमाडाैं – साफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता भएको राष्ट्रिय महिला फुटबल टिमका सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही एक लाख प्रदान गर्ने भएको छ ।
शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित हुदै उपविजेता बनेको थियो । एन्फाको आज बसेको वार्षिक साधारण सभाले महिला फुटबल टिमका सदस्यलाई जनही एक-एक लाख प्रदान गर्ने निर्णय गरेको एन्फाले जानकारी दिएको छ ।
उपविजेता बनेका खेलाडीलाई प्रदेश नम्बर एक सरकारले पनि जनही एक-एक लाख पुरस्कार दिने निर्णय गरिसकेको छ । त्यस्तै विराटनगर महानगरपालिकाले पनि जनही ५०-५० हजार दिने निर्णय गरेको छ ।