Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे हुने खेलमा नेपालले भारतलाई हराउने दाबी गरेको छ ।

चौथोँ पटक फाइनलमा स्थान बनाएको नेपालले यस पटक घरमै उपाधि राख्ने दाबी गरको हो । यसअघिका संस्करणमा नेपाल फाइनलमा भारतसँग हार्दै आएको थियो । पछिल्ला दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतले नेपाललाई हराउन सकेको छैन । चार महिनाअघि भएको ओलम्पिक छनोटमा भारत नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो । यसैगरी एक महिनाअघि भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपमा पनि नेपालले भारतलाई २-१ गोलले हराएको थियो ।

नेपाली टोलीका प्रशिक्षक हरि खड्काले नेपाल पहिलेको जस्तो नभएकाले उपाधि जित्ने दाबी गरे । ‘हाम्रो टिम सन्तुलन राम्रो छ ।  हामी भारतलाई हराउन सक्छौँ । भारतको बर्चश्वलाई तोड्न नेपाली खेलाडीको मनोबल उच्च रहेको छ । हामी कुनै पनि मूल्यमा उपाधि गुमाउन चाहन्नौँ । आजको दिन नेपालको हुनेछ । हामी नयाँ इतिहास रच्नेछौं,’ प्रशिक्षक खड्काले भने ।  नेपालकी कप्तान नीरु थपाले सबै खेलाडीमो मनोबल उच्च रहेकाले उपाधिका लागि डटेर खेल्ने बताइन् ।

यसैगरी भारतका प्रशिक्षक मायामोल नेदुगदनले पनि भारतको एउटै लक्ष्य उपाधि जित्ने रहेको बताइन् । ‘नेपाल राम्रो टोली हो । फाइनलमा पुगेका दुवै टोली बलिया छन् । फाइनल जस्ले राम्रो प्रदर्शन गर्छ । उपाधि उसैले जित्छ । हामी राम्रो खेल्नेमा विश्वस्थ छौँ,’ मायामोलले भनिन् । सन् २०१० देखि सुरु भएको महिला साफ च्याम्पियनसिपमा भारत सफल टोली हो । चार पटकको उपाधि विजेता भारत पाँचौं उपाधिको मुखमा छ । यस्तै सधै उपविजेतामा चित्त बुझाउँदै आएको नेपाल भारतलाई हराएर उपाधिको स्वाद चाख्ने दाउँमा छ ।

तपाईको प्रतिक्रिया