Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपाली धावक अजित कुमार यादवले तेस्रो एशियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आज सम्पन्न भएको ३ हजार मिटरको दौडमा उनले भारत र यमनका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

उनले निर्धारित दौड ८ मिनेट ३० दशमलब ३२ सेकेन्डमा पुरा गर्दै ऐतिहासिक स्वर्ण पदक जितेका हुन् । त्यस्तै भारतका अमित जान्गिरले रजत पदक हात पारे । यता यमनका गामिल एल हामातीले कास्य पदक जिते ।

एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।

तपाईको प्रतिक्रिया