Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – सरकारले काठमाडौँको मुलपानीमा अबको २ वर्षभित्र ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण कार्य सम्पन्न गर्ने बताएको छ । आज आफ्नो एक वर्षे कार्यकालको उपलब्धीको बारेमा जानकारी दिन मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विकले मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान २ वर्षमा बनाइसक्ने बताउनुभएकाे हाे ।

यस्तै मन्त्री विकले नेपालमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेल साग को लागि आवश्यक पूर्वाधार निर्माणको काम पनि तिव्र गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयाे । यही चैत अन्तिमा प्रदेश नम्बर ५ को नेपागन्जमा हुने भनिएको आठौँ बृहत राष्ट्रिय खेलकुदका लागि विभिन्न खेलसँग सम्बन्धित पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको मन्त्री विककाे भनाइ छ ।

युवा तथा खेलकुद मन्त्रालयले पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण तथा उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि सुरु गरेको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयले नेपालमा रहेको विभिन्न पर्यटकीय खेल गन्तव्यहरुको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गरिने पनि विकले बताउनुभयाे ।

साथै उहाँले ७५३ वटै स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्राम निर्माण गर्नका लागि खेल पूर्वाधार निर्माण सम्बन्धी कार्यविधी मन्त्रिपरिषद्को बैठकबाट पारित भई कार्यन्वयनमा आएको बताउनुभयाे ।

तपाईको प्रतिक्रिया