Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा केहीबेरअघि सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-० ले हरायो ।

जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्यो । नेपालसँग हारेको बंगलादेश उपविजेता बन्यो । दुवै टोली एक खेलअगावै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरिसकेका थिए । समूह चरणका दुवै खेलमा पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालको जितमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले १-१ गोल गरे । १ आत्मघाती गोल बंगलादेशले नेपाललाई उपहार दिएको थियो ।

सुरुवातबाटै आक्रामक देखिएको नेपालले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । छैटौँ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनले हेड गर्दा भएको आत्मघाती गोलबाट नेपालले अग्रता लिएको थियो । २३औँ मिनेटमा सावित्रा भण्डारीले गरेको गोलबाट नेपालले अग्रता दोब्बर बनायो । २८औँ मिनेटमा नेपालले ३-० को अग्रता लियो ।

सावित्राको लामो पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३-० को स्थितिमा पुर्याइन् । दोस्रो हाफमा भने नेपालले गोल थप्न सकेन र खेल ३-० मै सकियो ।

तपाईको प्रतिक्रिया