Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा माल्दिभ्स भारतसँग ६-० गोलले पराजित भएको छ । विराटनगरको शहिद रंगशालामा बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलको अन्तरले पराजित गरेको हो ।

भारतको लागि सन्जुले दुई गोल गरेकी थिइन् भने रतनबालाले १ गोल र इन्दुमतिले एक गोल, सन्ध्याले एक गोल र ग्रीस डगमाइले उक गोल गरेकी थिइन् । साफमा माल्दिभ्सले पहिलो संस्करणमा अफ्गानिस्तान विरुद्ध समान दुई गोलको बराबरी खेलेको थियो । तीन खेल खेलेको माल्दिभ्सले बाँकी दुई खेलमा भने पराजय व्यहोरेको थियो ।

त्यसैगरि दोश्रो संस्करणमा पनि नेपाल र पाकिस्तानसँग हार ब्यहोरेको माल्दिभ्सले अफगानिस्तानलाई समान एक गोलको बराबरीमा रोकेको थियो । भारतविरुद्ध तेश्रो संस्करणमा भिडेको माल्दिभ्सले समूहचरणको खेलमा ८-० को हार ब्यहोरेको थियो । त्यसैगरि चौथो संस्करणमा भने माल्दिभ्स अन्तिम चारमा पुगेको थियो । अन्तिम चारमा बंगलादेशसँग ६-० को अन्तरले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया