Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३-० को जित निकालेको हो ।

खेलको १३औं मिनेटमा मन्जलीकुमारी योञ्जनले नेपाललाई अघि बढाएकी थिइन् । उनले पेनाल्टी बक्सको बायाँ भागबाट गरेको प्रहारले जाली चुमेको थियो ।त्यसको तीन मिनेटमा नै डी बक्सको मध्यभागबाट सावित्रा भण्डारीले एकल प्रयासमा विपक्षीको कमजोर डिफेन्सको फाइदा उठाउँदै नेपालका लागि दोस्रो गोल गरिन् । त्यो सावित्राको २३औं अन्तर्राष्ट्रिय गोल पनि हो ।

५५औं मिनेटमा सावित्रा भण्डारीले हेडर मार्फत गोलपोस्ट नजिकै दिएको पासमा कप्तान नीरु थापाले सजिलो गोल गर्दै नेपालको अग्रता ३-० मा पुर्याइन् । तर लगत्तै ५ यार्ड नजिकै पाएको हेडरलाई नीरुले गोलपोस्टको दिशा दिन नसक्दा नेपालले अर्को गोल गर्ने मौका गुमाएको थियो ।  ६८औं मिनेटमा सावित्रा भण्डारीले डी बक्सको बाहिरबाट गरेको प्रहारलाई भुटानकी गोल रक्षकले सुन्दर बचाउ गरेकी छिन् ।

मंगलबारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालसहित ६ टिमको सहभागिता रहेको छ । बुधबारकाे खेलमा मालदिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया