Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – पाँचौ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबिचको पहिलो हाफको खेल सकिएको छ । विराटनगरस्थित शहिद रंगशालामा भएको उद्घाटन खेलको पहिलो हाफसम्म नेपालले २-० गोलको अग्रता लिएको छ ।

खेल शुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो गोल गर्दै क्लबलाई शु्रुवाती अग्रता दिलाइन् । उनले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै साबित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई २-० को अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म नेपालले भुटानलाई पुरै दवावमा राखेको थियो । नेपालका लागि अनिता बस्नेत, साम्बा र मन्जलीले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया